
२२ औं वन्यजन्तु सप्ताहब्यापी कार्यक्रम “युवा अग्रसरता : संरक्षण र समृद्धिको सुनिश्चितता” भन्ने नाराका साथ २०७४।१।७ गते सम्पन्न भएको छ |
मिति : २०७४।१।१
- पानीमुहान, नागार्जुन, सुन्दरीजल, टोखा,जगात लगायत मध्यवर्ती क्षेत्रमा गठित ११ वटा उपभोक्ता समितिको कार्यालयहरुमा मुलनारा सहितको व्यानरिगं गर्ने कार्य गरिएको थियो ।
- नेपालको राष्ट्रिय झण्डा, शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको लोगो, मध्यवर्ती क्षेत्रको लोगो र क्ष्द्यब् को लोगो अँकित झण्डा निकुञ्जको मुख्य कार्यालय पानीमुहानमा कार्यालयका कर्मचारी, सुरक्षाकर्मी, मध्यवर्ती क्षेत्रको स्थानीय उपभोक्ताको उपस्थितीमा झण्डातोलनकार्य सम्पन्न भएको थियो ।
मिति : २०७४।१।२
सुरक्षानिकाय सँग समन्वयात्मक बैठक तथा शुभकामना आदान प्रदान कार्यत्रम सम्पन्न भएको थियो ।
मिति :२०७४।१।३ :
यस निकुञ्जको मध्यवर्ती क्षेत्रमा गठित कागेश्वरी उपभोक्ता समिति साँखु, काठमाडौंमा डढेलो सचेतना सम्वन्धि एक दिने अन्तरकृया कार्यक्रम सञ्चालन गरिएको थियो । उक्त कार्यक्रममा मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष, सिन्धु शिवपुरी उपभोक्ता समितिका पदाधिकारी र शिवपुरी सुन्दरीजल उपभोक्ता समितिका पदाधिकारी लगायत कागेश्वरी उपभोक्ता समिति अन्तर्गत रहेको उपभोक्ता समूहका अध्यक्षहरु गरि ३३ जनाको सहभागिता रहेको थियो । उक्त कार्यक्रमवाट सो क्षेत्रमा हुने आगलागी न्यूनीकरणमा सहयोग पुगेको थियो भने । कार्यक्रममा समितिका अध्यक्षहरुको उपस्थिती रहेको थियो ।
मिति : २०७४।१।४ :
यसै निकुञ्ज अन्र्तगतको नागार्जुन सेक्टरमा डढेलो नियन्त्रण अन्र्तक्रिया कार्यक्रम समापन, निकुञ्ज कार्यालयका प्रमुख संरक्षण अधिकृत, वर्द वहादुर गणका पदाधिकारीहरु तथा तीन वटा मध्यवर्ती क्षेत्र उपभोक्ता समितिका अध्यक्ष लगायत अन्य पदाधिकारीहरुको उपस्थिति ।
सोही दिन निकुञ्जको चिसापानी, नुवाकोट स्थित हिल्चे प्रा.वि.मा न्यूरोलोजिकल हस्पिटल बाँसपाबारीको सहयोगमा निशुल्क स्वास्थ्य शिविर संचालन जहाँ ६ जना डाक्टर सहित, २५ जना स्वास्थ्यकर्मीले सेवा दिएका थिए भने जम्मा २२६ जना विरामिले निशुल्क उपचार गराएका थिए जसमा ८१ जना महिला र अन्य पुरुष रहेका थिए । उक्त शिविरमा ९४ वर्षका वृद्धा देखि २ महिनाको शिशुको समेत उपचार गरिएको थियो साथै १३ जना विरामीको सामान्य अप्रेसन समेत सम्पन्न भएको थियो ।
मिति : २०७४।१।५ गते
नागार्जुन सेक्टरको मध्यवर्ती क्षेत्र तथा निकुञ्ज क्षेत्रको ब्यापक सरसफाई कार्यक्रम सम्पन्न भएको थियो । जहाँ निकुञ्ज कार्यालयका कर्मचारी, निकुञ्ज सुरक्षार्थ खटिएका नेपाली सेनाका पदाधिकारी र मध्यवर्ती क्षेत्र उपभोक्ता समितिका पदाधिकारी र स्थानीय बासिन्दाको समेत उपस्थित रहेको थियो ।
मिति : २०७४।१।६ गते
सुन्दरिजल सेक्टरको मध्यवर्ती क्षेत्र तथा निकुञ्ज क्षेत्रको ब्यापक सरसफाई कार्यक्रम सम्पन्न भएको थियो । जहाँ निकुञ्ज कार्यालयका कर्मचारी, निकुञ्ज सुरक्षार्थ खटिएका नेपाली सेनाका पदाधिकारी र मध्यवर्ती क्षेत्र उपभोक्ता समितिका पदाधिकारी र स्थानीय बासिन्दाको समेत उपस्थित रहेको थियो ।
मिति : २०७४।१।७ गते
सप्ताहब्यापी कार्यक्रमको अन्तिम दिन राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका पूर्व महानिर्देशक तथा नेपाल सरकारका पूर्व सचिव डा.श्री उदयराज शर्मा, निकुञ्ज कार्यालयका प्रमुख संरक्षण अधिकृत श्री कमल जङ्ग कुँवर, न्यूरो हस्पिटल वाँसवारीका प्रमुख प्रदिप देवकोटा, मध्यवर्ती क्षेत्र ब्यवस्थापन समितिका अध्यक्ष श्री धावा तामाङ, निकुञ्ज सुरक्षार्थ खटिएका गणका पदाधिकारी तथा मध्यवर्ताी क्षेत्र उपभोक्ता समितिका अध्यक्ष लगायत अन्य पदाधिकारीहरुको उपस्थितिमा सम्पन्न गरिएको थियो ।
उक्त दिन निकुञ्जमा हुन सक्ने चोरी शिकार नियन्त्रण तथा जैविक विविधतामा संरक्षणमा नेपाली सेनाले पु¥याएको योगदानमा कदर गर्दै नेपाली सेनाका विभिन्न दर्जाका अधिकृत, पदिक तथा जवानहरुलाई सम्मान गरी सम्मान पत्र हस्तान्तरण गरिएको थियो । साथै मध्यवर्ती क्षेत्रमा रहेको विद्याथीहरुलाई निकुञ्ज प्रति संरक्षणको भाव जागृत जगाउने उद्देश्यले “जैविक विविधता संरक्षणमा विद्यार्थीको भुमिका” शिर्षकमा अन्र्तविद्यालय निवन्ध प्रतियोगिता गराई प्रमाणपत्र तथा पुरस्कार वितरणको कार्यक्रम समेत समापन गरिएको थियो ।
उक्त कार्यक्रममा बोल्र्दै नेपाल सरकारका पूर्व सचिव तथा समापन कार्यक्रममा प्रमुख अतिथि डा.श्री उदयराज शर्माले आफुनो जीवनकालमा संरक्षण प्रति गरेको कामबारे जानकारी गराँउदै आगामी दिनमा यस निकुञ्ज तथा मध्यवर्ती क्षेत्रका सामुदायिक वनको संरक्षणमा दत्तचित्त भएर लाग्न कर्मचारी तथा नेपाली सेनालाई सुझाव दिनु भएको थियो । अन्त्यमा कार्यक्रमको सभापतित्व ग्रहण गर्नु भएका निकुञ्ज कार्यालयका प्रमुख संरक्षण अधिकृत श्री कमल जङग कुँवरले आफ्नो मन्तव्य सहित २२ औं वन्यजन्तु सप्ताह भव्यताका साथ सफल पार्न मद्दत गर्नु हुने सवैलाई धन्यवाद दिँदै कार्यक्रम समापन भएको घोषणा गर्नु भएको थियो ।